+
+
Shares

उदयपुरको कटारीमा सुरक्षाकर्मीले बोकेको हतियार पड्कियो

उदयपुरको कटारीमा सुरक्षाकर्मीले बोकेको हतियार पड्किएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २१ गते ८:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • उदयपुरको कटारी नगरपालिका–३ स्थित मतदान केन्द्रमा सुरक्षाकर्मीले बोकेको सटगन असावधानीवश पड्किएको छ।
  • कोशीका डीआईजी विनादे घिमिरेले सुरक्षाकर्मी लड्दा हतियार पड्किएको बताए।
  • यस घटनामा कुनै क्षति नभएको प्रहरीले उल्लेख गरेको छ।

२१ फागुन, काठमाडौं । उदयपुरको कटारीमा सुरक्षाकर्मीले बोकेको हतियार पड्किएको छ ।

कटारी नगरपालिका–३ स्थित तरकारी तथा फलफूलकेन्द्र तावाखोल (ख) मतदान केन्द्रमा हतियार पड्किएको हो । असावधानीवश हतियार पड्किएको प्रहरीले बताएको छ ।

प्रहरीले बोकेको सटगनबाट गोली पड्किएको हो । कुनै क्षति भने नभएको प्रहरीले बताएको छ । सुरक्षाकर्मी लड्दा पड्किएको कोशीका डीआईजी विनादे घिमिरेले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?