News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचन सम्पन्न भएको छ।
- महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ स्वत: अध्यक्ष हुनेछन्।
- उपाध्यक्ष र कार्यकारिणी समिति सदस्यका लागि हेमराज ढकाल र शिवप्रसाद घिमिरेका दुई प्यानल चुनावी मैदानमा छन्।
२२ वैशाख, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचन सम्पन्न भएको छ ।
महासंघका अनुसार मतगणना आजै सुरु हुनेछ । अब केही बेरपछि मतगणना थाल्ने तयारी छ । सोमबार महासंघको ६०औं वार्षिक साधारणसभा उद्घाटन भएको थियो ।
महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष स्वत: अध्यक्ष हुने प्रावधान छ । सोही अनुसार अञ्जन श्रेष्ठ स्वत: अध्यक्ष हुनेछन् ।
उपाध्यक्ष र कार्यकारिणी समिति सदस्यका लागि भने आज मतदान भएको हो । महासंघमा हेमराज ढकाल र शिवप्रसाद घिमिरेका दुई प्यानल चुनावी मैदानमा छ ।
ढकाल प्यानलले वरिष्ठ उपाध्यक्षमा ढकाललाई उम्मेदवार घोषणा गरिसकेको छ । अब निर्वाचित हुने वरिष्ठ उपाध्यक्ष श्रेष्ठ पछि स्वत: अध्यक्ष हुनेछन् ।
प्रतिक्रिया 4