+
+
Shares

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

बेलका नगरपालिका-२ स्थित बानडाँडामा खेत जोत्न जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १ गते १६:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बेलका नगरपालिका-२ स्थित बानडाँडामा ट्याक्टर दुर्घटना हुँदा १८ वर्षीय चालक सोकिन्दर चन्द्रवंशीको घटनास्थलमै मृत्यु भएको छ।
  • प्रदेश १-०४०० १ त१३३२ नम्बरको ट्याक्टर गिदेरी खोलाको उकोलोमा पल्टिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
  • इलाका प्रहरी कार्यालय रामपुरको टोलीले मृतकको शव पोष्टमार्टमका लागि धरानस्थित बिपी मेमोरियल अस्पताल पठाएको छ।

१ चैत, गाईघाट (उदयपुर) । बेलका नगरपालिका-२ स्थित बानडाँडामा खेत जोत्न जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान प्रदेश १-०४०० १ त१३३२ नम्बरको ट्याक्टर बानडाँडा क्षेत्रमा खेत जोत्न जाने क्रममा गिदेरी खोलाको उकोलोमा पल्टिएर दुर्घटना भएको हो ।

दुर्घटनामा परी ट्याक्टर चालक बेलका-२ बानडाँडाका १८ वर्षीय सोकिन्दर चन्द्रवंशीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक निरञ्जन थापाले जानकारी दिए ।

घटनालगत्तै इलाका प्रहरी कार्यालय रामपुरको टोली घटनस्थल पुगेर मृतकको शवलाई पोष्टमार्टम (मृत्युपश्चात् गरिने शवको जाँच) का लागि सुनसरीको धरानस्थित बिपी मेमोरियल अस्पताल पठाएको उनले बताए ।

‘ट्याक्टरमा खेत जोत्ने उपकरण (रोटाजेटर) जडान गरिएको थियो । गिदेरी खोलाको उकाले चढ्ने क्रममा ट्याक्टरलाई लोड पर्न गई उक्त उपकरण खसेर दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरेका छौँ । घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान सुरु भइसकेको छ’, प्रहरी नायब उपरीक्षक थापाले भने ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?