+
+

तथ्यांक राख्नका लागि ‘सुत्र’ प्रयोग गर्न काठमाडौं महानगरलाई राजस्व विभागको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ७ गते १८:१०

७ मंसिर, काठमाडौं । राजस्व विभागले काठमाडौंं महानगरपालिकालाई राजस्व र सब–नेशनल ट्रेजरी रेगुलाटोरी एप्लिकेसन (सुत्र)सम्बन्धी दुवै सफ्टवेयरमा वित्तीय तथ्यांक राख्न आग्रह गरेको छ ।

काठमाडौंं महानगरपालिकाका वडाहरुले राजस्व र ‘सुत्र’सम्बन्धी दुवै सफ्टवेयरमा वित्तीय तथ्यांक राख्न विभागले आग्रह गरेको हो । राष्ट्रिय सभा गृहमा बुधबार वडा सचिव, लेखा तथा राजस्वमा काम गर्ने कर्मचारीका लागि आयोजना गरिएको अभिमुखीकरण कार्यक्रममा यस्तो आग्रह भएको हो ।

त्यस क्रममा प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले महानगरले सञ्चालनमा ल्याएको राजस्व प्रणाली अन्य पालिकाहरुका लागि पनि प्रयोग योग्य भएको बताए ।

त्यस क्रममा राजस्व विभागका प्रमुख डा. शिवराज अधिकारीले परिचय पाटी अन्तर्गत राजस्व संकलन गर्दा वडाहरुले ३० बर्गफुटभन्दा ठूलो वोर्डको राजस्व नलिन आग्रह गरे ।

त्यसैगरी महाशाखा प्रमुख प्रवीण प्याकुरेलले नगदी रसिद दिंदा वैंकमा रकम जम्मा भएको यकिन गरेर मात्र दिनु पर्ने, राजस्व सफ्टवेयरमा मात्र तथ्यांक राखेर नहुने ‘सुत्र’मा पनि प्रविष्ट गराउनु पर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?