+
+

सिन्धुपाल्चोक- १ बाट माओवादी केन्द्रका माधव सापकोटा निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ७ गते २३:२१

७ मंसिर, काठमाडौं । सिन्धुपाल्चोक १ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका माधव सापकोटा निर्वाचित भएका छन् ।

बुधबार साँझ प्रत्यक्षतर्फको मत गणना सकिँदा उनले ३० हजार ३७४ मत पाए भने नेकपा एमालेका सरेश नेपालले २७ हजार १८ मत पाए । यो क्षेत्रबाट यसअघि २०७४ सालमा माओवादी केन्द्रकै अग्निप्रसाद सापकोटा निर्वाचित भएका थिए ।

४० वर्षीय माधव पहिलो पटक उम्मेदवार बनेर चुनावी मैदानमा उत्रिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?