+
+

किसानले सडकमा दूध मात्रै पोखेका छन्, जनआक्रोश पोखियो भने सरकारले थेग्न सक्दैन : सापकोटा

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १० गते १४:४३
फाइल तस्वीर

१० फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले दूध उत्पादक किसानको व्यवसाय गम्भीर संकटमा परेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै सांसद सापकोटाले सहरको पैसा गाउँ-गाउँमा लैजाने र आत्मनिर्भर हुँदै गरेको दूध व्यवसाय अहिले गम्भीर संकटमा परेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।

गाई भैंसीको दूध बेचर जीवन निर्वाह गर्ने, गर्जो टार्ने किसानहरु अहिले मारमा परेको भन्दै उनले दुई हजार दूध उत्पादक सहकारीहरु, ३० हजार रोजगार दाताहरुबाट ५ लाख घरधुरीहरु यो व्यवसायबाट प्रत्यक्ष लाभान्वित रहेको तर डीडीसीले भदौदेखि हालसम्म भुक्तानी नदिँदा किसानहरुमा मारमा परेको बताए ।

‘किसानले सडकमा दूध मात्रै पोखेका छन् जनआक्रोश पोखियो भने सरकारले थेग्न सक्दैन,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?