+
+

ज्ञानेन्द्र शाहीलाई माधव सापकोटाको जवाफ : राजीनामा दिएर सडकमा जानुस्

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ११ गते ११:५७
फाइल फोटो ।

११ फागुन, काठमाडौं । सत्तारुढ माओवादी केन्द्रका सांसद माधव सापकोटाले विपक्षी सांसदहरुलाई संसदमा हुलहुज्जत नगर्न आग्रह गरेका छन् ।

उनीभन्दा अगाडि बोलेका राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले संसद अवरुद्ध गर्ने चेतावनी दिएका थिए । २ जनाको मृत्यु भएको १३ पुसको बालकुमारी घटनालाई प्रधानमन्त्री स्वयंमले हत्या भनेको उल्लेख गर्दै उनले हत्या भए सम्बन्धित मन्त्री र प्रहरीलाई कारबाही गर्न माग गरेका थिए । शुक्रबारको बैठकमा राप्रपा सांसद शाहीले यसबारे प्रष्ट जवाफ नआए सदन चल्न नदिने बताए ।

त्यसपछाडि बोलेका माओवादी सांसद सापकोटाले उनको प्रतिवाद गरे । ‘भर्खर माननीय ज्ञानेन्द्र शाहीले भन्नुभयो, संसद चल्दैन, नचलाउनुस् केही छैन’ उनले भने, ‘संसद बन्द गर्न, अराजकता प्रदर्शन गर्न, हुलहुज्जत गर्न, मनलागि गर्न जनताबाट निर्वाचित भएर आएको हो ? तपाईँहरु शासन व्यवस्थाको कुरा पनि गर्नुहुन्छ, तपाईँहरुलाई यो शासन व्यवस्था गलत छ भन्ने लाग्दछ भने सांसदको पदबाट राजीनामा गरेर सडकमा जानुस् ।’

विद्रोह गर्ने अधिकार रहेको, तर यही संसदमा बसेर संसद चल्न नदिन नमिल्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?