+
+

रुग्ण र बन्द उद्योग तत्काल सञ्चालनमा ल्याइयोस् : माधव सापकोटा

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २४ गते १२:३३

नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले ९ वटा रुग्ण र बन्द अवस्थामा रहेका उद्योग तत्काल सञ्चालनमा ल्याउन सरकारलाई आग्रह गरेका छन् ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले बन्द रहेका ९ वटा सरकारी स्वामित्वका उद्योग तत्काल सञ्चालनमा ल्याउन सकिने खालको रहेको बताए ।

‘९ वटा रुग्ण र बन्द उद्योग तत्काल सञ्चालनमा ल्याउन अर्थमन्त्रीलाई आग्रह गर्न चाहन्छु’ उनले भने ।

अहिले आम नेपाली निराशामा रहेको भन्दै उनले नयाँ मन्त्रिपरिषदले नागरिकलाई आशावादी बनाउनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?