+
+
Shares

जुम्लाबाट प्रतिनिधिसभामा राप्रपाका ज्ञानेन्द्र शाही निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ८ गते १:२१

८ मंसिर, जुम्ला । जुम्लाबाट प्रतिनिधिसभामा राप्रपाका ज्ञानेन्द्र शाही (ज्ञानबहादुर शाही) फराकिलो मतले निर्वाचित भएका छन् ।

मुख्य निर्वाचन अधिकृतका अनुसार राप्रपाका ज्ञानबहादुर शाहीले २२ हजार ८१९ मत पाए भने नेकपा माओवादी केन्द्रकी गोमा गौतम कुँवरले ११ हजार ९५९ मत पाइन् । त्यस्तै नेकपा एमालेका उम्मेदवार रतननाथ योगीले ६ हजार ५२८ मत पाए ।

जितपछि ज्ञानेन्द्रले आफूलाई जुम्ली जनताले माया गरेको बताए । अब मैले राष्ट्रको नेतृत्व गर्ने हो । उम्मेदवारी दर्तापछि नै उनले जुम्लामा आक्रामक ढंगले चुनाव प्रचार गरेका थिए ।

हामी नेपाली अभियानमा भ्रष्टाचार विरुद्धको अभियान शुरु गरेका ज्ञानेन्द्र शाही पछिल्लो समय राप्रपामा प्रवेश गरेर प्रवक्ताको जिम्मेवारीमा थिए ।

जुम्लाबाट यसअघि २०४८ सालमा नेपाल मजदुर किसान पार्टीबाट डिल्लीबहादुर महत, २०५१ सालमा नेमकिपाबाटै भक्तबहादुर रोकाया, २०५६ सालमा नेकपा एमालेका देवीलाल थापा, २०६४ सालमा नेकपा माओवादीका नरेश भण्डारी, २०७० सालमा नेपाली कांग्रेसका ललितजंग शाही र २०७४ सालमा नेकपा माओवादीका गजेन्द्रबहादुर महत निर्वाचित भएका थिए ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?