+
+

बझाङमा भानुभक्त जोशी विजयी, ऐन महर पराजित

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ८ गते ६:२१
भानुभक्त जोशी

८ मंसिर, बझाङ । बझाङबाट नेकपा एकीकृत समाजवादीका नेता भानुभक्त जोशी प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन् ।

नेकपा एमालेका उम्मेदवार ऐन बहादुर महरलाई ९९८ मत अन्तरले पछि पार्दै जोशी प्रतिनिधि सभा सदस्यमा विजयी भएका हुन् ।

जोशीले २८ हजार १४३ मत पाउँदा महरले २७ हजार १४५ मत पाए ।

जोशी ठीक एक वर्ष अगाडि नेकपा एमाले छाडेर एकीकृत समाजवादीमा प्रवेश गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?