+
+

चित्रलेखालाई पराजित गर्दै राजकिशोर यादव निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १० गते ७:३२

१० मंसिर, काठमाडौं । सिराहा क्षेत्र नम्बर २ बाट जनता समाजवादीका राजकिशोर यादव निर्वाचित भएका छन् ।

नेपाली कांग्रेसकी नेता चित्रलेखा यादवलाई पराजित गर्दै राजकिशोर प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।

राजकिशोरले २४ हजार १७८ मत ल्याएर विजयी हुँदा चित्रलेखाले २३ हजार २८ मत पाइन् । यस्तै, जनमत पार्टीका विनोदकुमार यादवले १६ हजार ९०२, राप्रपाका मुरली मिझारले ८७२, हाम्रो नेपाली पार्टीका शिवशंकर यादवले ६९९ र स्वतन्त्र उम्मेदवार रामप्रकाश महतोले ६३९ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?