+
+

सञ्चारमन्त्री कार्कीले धाँधली भएको भनेपछि सुनसरी ४ मा मतगणना रोकियो

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १० गते १८:२३

१० मंसिर, सुनसरी । सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ का कांग्रेस उम्मेदवार तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मतगणनाका क्रममा धाँधली भएको आरोप लगाएपछि त्यहाँ विवाद भएको छ ।

शुक्रबारराति मतगणनाका क्रममा हुँदै नभएको ६०६ मत एमाले उम्मेदवार जगदीशप्रसाद कुसियैतकोमा जोडेको आरोप लगाएका थिए । घटना गएराति भएको भनिए पनि कार्की आज मात्र बोलेका थिए ।

कार्कीको आरोपपछि गणना रोकिएको छ र अहिले निर्वाचन अधिकृतको कार्यालयमा सर्वदलीय बैठक बसेको छ । सर्वदलीय बैठकमा विभिन्न दलका उम्मेदवार तथा प्रतिनिधिहरू सहभागी छन् ।

बैठकमा निर्वाचन अधिकृतको कार्यालयले गणना गर्ने कर्मचारीबाट गल्ती भएको स्वीकार गरेको श्रोतले बताएको छ । गणना रोकिनुअघि सार्वजनिक भएको परिणाम अनुसार यहाँ कार्की ७१ मतले अघि छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?