+
+

यू-१९ राष्ट्रिय क्रिकेटः प्रदेश-१ ले मधेशलाई १० विकेटले हरायो

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १३ गते १६:०५

१३ मंसिर, काठमाडौं । यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश-१ टिमले मधेश प्रदेशमाथि सानदार १० विकेटको जित निकालेको छ । जारी प्रतियोगितामा प्रदेश-१ को यो दोस्रो जित हो ।

मुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको मधेश प्रदेश ३१.३ ओभरमा ७० रनमै अलआउट भएका थियो ।

७० रनको सामान्य लक्ष्य प्रदेश-१ ले १९.२ ओभरमा विना क्षति पूरा गरेको हो । ओपनरहरु सोनु अन्सारीले ४५ रसुभान गहतराजले २४ रन बनाए ।

त्यसअघि, ब्याटिङ गरेको मधेश प्रदेशका लागि ओपनर मयन यादवले सर्वाधिक १९ रन बनाए । विकेटकिपर दब्लु मलिकले १२ रन बनाए । त्यस बाहेकका कुनैपनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

प्रदेश–१ का लागि दिपेश कंडेल र विपिन महतोले ३-३ विकेट लिए । सन्देश भट्टराईले २ विकेट लिए ।

तीनै खेल हारेको मधेश अंक तालिकाको पुच्छारमा रहेको छ भने प्रदेश-१ चार खेलमा २ जित र २ हार सहित चौथो स्थानमा छ ।

राउण्ड रोबिन प्रणालीअन्तर्गत भएको प्रतियोगितामा अंक तालिकाका शीर्ष २ टिमले फाइनल खेल्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?