+
+

पीजीको एकीकृत प्रवेश परीक्षा पुस २ गतेदेखि सुरू हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १३ गते १८:१९

१३ मंसिर, काठमाडौं । चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह (पीजी) का विभिन्न शैक्षिक कार्यक्रमहरूका लागि एकीकृत प्रवेश परीक्षाको कार्यतालिका सार्वजनिक गरेको छ ।

आयोगले मंगलबार एक सुचना निकाल्दै पिजी परीक्षा आगामी पुस २ देखि ४ गतेसम्म सञ्चालन हुने जनाएको छ ।

परीक्षा सुरू हुने मितिभन्दा पाँच दिन अघिदेखि परीक्षार्थी स्वयमले अनलाइन माध्यमबाट आफ्नो प्रवेश पत्र प्रिन्ट गर्न सकिने आयोगले जनाएको छ ।

परीक्षाहलमा प्रवेश गर्न परीक्षार्थीले नेपाली नागरिकताको (प्रमाणपत्र सक्कल),विदेशी परीक्षार्थीको हकमा पासपोर्ट र निजले अनलाइन आवेदनसंग पेश गरेको सक्कलै कागजात लिएर आउनुपर्नेछ । त्यसैगरी, परीक्षार्थीले परीक्षा सञ्चालन हुनभन्दा २ घन्टा अगाडी नै परीक्षाको केन्द्रमा उपस्थित हुनुपर्नेछ ।

परीक्षा सुरु भएको १५ मिनेट पछि परीक्षा हलमा प्रवेश गर्न पाइने छैन । परीक्षार्थीले रोल नम्बर र प्रश्नप्रत्र सेटको बबल नभरेका उत्तरपुस्तिकामा रद्द गरिने आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?