+
+

विश्वयुद्धको कथामा बनेको फिल्म ‘गोर्खा वारियर’ अर्को मंसिरमा रिलिज हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १४ गते १२:१३

काठमाडौं । पहिलो र दोस्रो विश्वयुद्धमा गोर्खा सैनिकले पुर्‍याएको योगदानको कथावस्तुमा आधारित पिरियड ड्रामा तथा ऐतिहासिक फिल्म ‘गोर्खा वारियर’को पोस्टर सार्वजनिक भएको छ ।

मिलन चाम्स निर्देशित फिल्म आगामी २०८० सालको मंसिर महिनामा विश्वव्यापी प्रदर्शन हुने भएको छ । निर्माताले फिल्मका तीन पोस्टर सार्वजनिक गर्दै रिलिज मिति र पात्रको आवरण प्रकाशमा ल्याएका छन् ।

‘वार मुभि’को मुड सिर्जना गर्ने खालको पोस्टरमा रितेश चाम्स, विजय लामा, रियर राई लगायत फिचर्ड छन् । गोर्खा सैनिकको गेटअप र मुडमा पात्रहरु चित्रित देख्न सकिन्छ ।

‘फिल्ममा पहिलो र दोस्रो विश्वयुद्धका किस्सा संलग्न छन् । दर्शकमाझ फिल्म ल्याउन हामी अधैर्य छौ,ं’ पोस्टर सार्वजनिकपछि निर्माता तथा निर्देशक चाम्सले अनलाइनखबरसँग भने ।

पोस्टरमा सन् १९४९ को मिति लेख्दै कथावस्तुको सेटिङ समेत तोकिएको छ । फिल्ममा कविता आले र रेविका गुरुङसहित विदेशी कलाकारको समेत अभिनय छ । गिरिराज घिमिरेसँग मिलेर निर्देशक चाम्सले पटकथा समेत लेखेका हुन् ।

‘हामीले वास्तविक चरित्रसँग भेटेर कथा उतारेका छौं । तथ्यहरु गलत नहोउन् भनेर अनुसन्धान पनि गरेका छौं । यसले नेपाली वीरता र इतिहासलाई विश्वमाझ लैजानेछ,’ उनले भने ।

यसबाहेक निर्देशक चाम्स फिल्मको दोस्रो सिक्वेलमा पनि जुटेका छन् । दोस्रो श्रृंखलाको केही भाग छायांकन भएको छ । चुनावका कारण रोकिएको फिल्म ‘वर एण्ड वधु’को सुटिङलाई पनि निरन्तरता दिने उनको योजना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?