+
+
Shares

प्रज्ञा प्रतिष्ठानमा ‘मोती–लय’ सम्पन्न, कुशेऔँसीमा राष्ट्रिय गजल दिवस मनाइने

नेपाल प्रज्ञाप्रतिष्ठानको आयोजनामा शुक्रबार ‘मोती–लय’ सम्पन्न भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १६ गते २१:१७

१६ असोज, काठमाडौं । नेपाल प्रज्ञाप्रतिष्ठानको आयोजनामा शुक्रबार ‘मोती–लय’ सम्पन्न भएको छ ।

१६१ औं मोतीजयन्तीका अवसरमा प्रतिष्ठानको मुख्य प्रेक्षालयमा भएको कार्यक्रममा विश्व कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठको सङ्गीतमा जलजला परियारले मोतीराम भट्टको गजल गाएकी थिइन् ।

यस्तै, नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका ११ चित्रकारका मोतीराम माथिका प्रत्यक्ष चित्रकला, शिल्पी थिएटरका कलाकारद्वारा मोतीरामको जीवनी र गजलमा अभिनय प्रस्तुत गरिएको थियो ।

गायनमा तबलामा शम्भु श्रेष्ठ, गितारमा राजकुमार समाल र बाँसुरीमा निर्मल सिंहले साथ दिएका थिए ।

यसरी नै कार्यक्रममा सातै प्रदेशबाट ३/३ जनाका दरले २१ जना नयाँ पुस्ताका गजलकारले विभिन्न राष्ट्रिय भाषामा समेत गजल वाचन गरेका थिए ।

यस्तै, करिब एक दर्जन अग्रज गजलकारले पनि गजल वाचन गरेका थिए ।

कार्यक्रमलाई मूल आयोजक समिति सदस्यहरू बाबु त्रिपाठी, सङ्गीता थापा, रूपक अलङ्कार र प्रज्वल अधिकारीले सहजीकरण गरेका थिए ।

कार्यक्रममा गजल अभियन्ता घनेन्द्र ओझाले त्रिभुवन विश्वविद्यालयले धेरै पहिला गजललाई स्वीकार गरेको बताउँदै अहिले प्रज्ञा प्रतिष्ठानले पनि मोती जयन्तीलाई ‘राष्ट्रिय गजल दिवस’का रूपमा मनाउने निर्णय गरेकामा धन्यवाद दिए ।

यस्तै, काव्य, संस्कृति एवं डिजिटलाइजेसन विभाग प्रमुख दीपक सापकोटाले नेपाली साहित्यको मूलधारको विधाका रूपमा स्थापित गजलको विकासका लागि र मोतीरामको सम्मानका लागि कुशे औंसीमा ‘राष्ट्रिय गजल दिवस’ मनाउने निर्णय भएको बताए ।

कार्यक्रममा कुलपति कुमार नगरकोटीले अब प्रतिष्ठानले नेपाली गजलको प्रवर्द्धनमा विशेष ध्यान दिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?