+
+

लैंगिक हिंसाविरुद्धको अभियान चलाउन गाउँपालिका अध्यक्षले गरे नगद सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १४ गते १३:१६

१४ मंसिर, दाङ । दाङको राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानमा सचेतना जगाउन भन्दै दुई सहकारी संस्थाहरुलाई व्यक्तिगत रुपमा १५–१५ हजार रुपैयाँ सहयोग गरेका छन् ।

आफूले पाउने मंसिर महिनाको सेवा सुविधाबाट राप्ती–३, मसुरियास्थित भृकुटी महिला विकास सहकारी संस्था र राप्ती–८ पिपरीस्थित लक्ष्मी महिला विकास सहकारी संस्थालाई अध्यक्ष विष्टले १५–१५ हजारको दरले ३० हजार रुपैयाँ सहयोग गरेका हुन् ।

‘सभ्य समाजको पहिचान : लैंगिक हिंसा विरुद्धको अभियान’ भन्ने मूल नाराका साथ राप्ती गाउँपालिकाको सभाहलमा आयोजित लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको कार्यक्रममा अध्यक्ष विष्टले उक्त रकम बराबरको चेक हस्तान्तरण गरे ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष विष्टले लैंगिक हिंसा अन्त्यका लागि परिवार तथा समाजमा सचेतना फैलाउन जरुरी रहेको भन्दै त्यसका लागि महिला संघ संस्थाको अहम् भूमिका रहनु पर्ने बताए । पारिवारिक कलह एवं घरेलु हिंसाको मुख्य कारक मदिरा सेवन पनि रहेकाले यसको नियन्त्रणका लागि स्वयं महिलाहरु एकजुट र सचेत रहनुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कमलापती चौधरीले समाजमा सचेतना फैलाउन आग्रह गर्दै शिक्षाको माध्यम र सचेतनाबाट यसलाई नियन्त्रण गर्न सकिने बताइन् ।

कार्यक्रममा राप्ती गाउँपालिकाका शिक्षा शाखा प्रमुख विश्वास विक, मोटिभेसनल स्पिकर राजन अधिकारी, भृकुटी महिला विकास सहकारी संस्थाका अध्यक्ष हिमाली न्यौपाने, प्रमेश्वरी ज्ञवाली लगायतको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?