+
+

अहिलेको जनादेशले स्थिरता दिंदैन, यसले अर्थतन्त्र प्रभावित हुन्छ : विष्णु पौडेल

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १५ गते ११:२२

१५ मंसिर, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले अहिलेको जनादेशले मुलुकलाई स्थिरता नदिने बताएका छन् । आर्थिक पत्रकार समाज सेजनको २६औं वार्षिकोत्सबका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा पौडेलले यो जनादेशले स्थिर सरकार पनि दिन नसक्ने बताए ।

पौडेलले भने, ‘यसपटकको जनादेशले स्थिर सरकार बन्दैन, यो मुलुकका लागि दुर्भाग्य पूर्ण छ ।’ यसको प्रभाव अर्थतन्त्रमा समेत पर्ने उनको भनाइ छ । उनले नयाँ संविधान बनेपछि आएका सरकारले अर्थतन्त्रमा गरेका काममा विश्लेषण गर्न समेत प्रस्ताव गरे ।

आफ्नो पार्टीले गरेको कमजोरीको जिम्मा आफूले लिने भन्दै उनले अर्थतन्त्रमा गम्भीर सङ्कट रहेकोले समाधानका लागि सामूहिक निष्कर्षमा पुग्नुपर्ने बताए ।

एमालेले अर्थतन्त्रलाई सहज अवस्थामा छोडेको भए पनि पछिल्लो एक वर्षयता बिग्रेको उनको आरोप थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?