 
																			काठमाडौं । कलाकार जोडी आश्मा दाहाल र संयम पुरीले सात वर्ष लामो प्रेम सम्बन्धलाई शुक्रबार विवाहमा परिणत गर्दैछन् ।
बुधबार महाराजगञ्जको एक पार्टी प्यालेसमा उनीहरुको भव्य मेहेन्दी उत्सव भयो । जहाँ स्वस्तिमा खड्का, निश्चल बस्नेत, हेमराज बिसी, सरोज न्यौपाने, मनिष पण्डितसहित उनीहरु निकट फिल्मकर्मी उपस्थित रहे ।
शुक्रबार बौद्धस्थित हायात होटलमा हुने विवाह समारोहमा २०० जना जन्ती उपस्थित हुने जनाइएको छ । पछिल्लो समय अमेरिकामा बस्दै आएका उनीहरु विवाहको लागि नेपाल आएका हुन् ।
‘आफन्त र निकट साथीलाई मात्र विवाह समारोहमा बोलाइएको छ । रीतिरिवाज अनुसार विवाह कार्यक्रम हुनेछ,’ आश्माका बुवा तथा गोपीकृष्ण फिल्म हलका म्यानेजर प्रदीप दाहालले अनलाइनखबरसँग भने । गोकर्णस्थित नर्लिङ रिसोर्टमा रिसेप्सन हुनेछ ।

संयम चाहिं फिल्म निर्देशक नारायण पुरीका छोरा हुन् । बाबुको ‘लिगेसी’लाई निरन्तरता दिंदै अघि बढेका उनले ग्याङस्टर ब्लुज, रातोघर, नाइँ नभन्नु ल ३, आभास, पुन्टे परेड, सायदजस्ता हिट फिल्ममा अभिनय गरेका छन् ।
‘आभास’मा संयम र आश्माले स्क्रिन सेयर पनि गरेका थिए । आश्माले रेखा थापाको फिल्म ‘रामप्यारी, नाइँ नभन्नु ल ३ र आभासमा अभिनय गरेकी छन् ।

 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4