+
+

फेरि देउवाकै नेतृत्वमा सरकार बन्छ : मन्त्री कार्की

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १५ गते १४:४२

१६ मंसिर, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले फेरि शेरबहादुर देउवाकै नेतृत्वमा सरकार बन्ने बताएका छन् ।

बिहीबार सुनसरी-४ बाट निर्वाचित भएपछि पत्रकारहरुसँग कुरा गर्दै उनले कांग्रेस नेतृत्वकै गठबन्धनको सरकार बन्ने र शेरबहादुर देउवा नै प्रधानमन्त्री बन्ने बताएका हुन् ।

उनले मतदाताले आफूमाथि विश्वास गरेका धन्यवाद दिए । मन्त्री कांर्कीले एमाले उम्मेदवार जगदिश कुसियैतलाई ११२ को झिनो मतान्तले पराजित गरेका छन् । उनले आफ्नो चुनाव क्षेत्रमा गरेको कामको आधारमा मतदाताले विश्वास लिएको बताए ।

‘मैले धेरै काम गरेको छु । त्यसैको आधारमा विजय गराउनुभएको छ’ मन्त्री कार्कीले भने । विजयपछि पनि उनले मतदातासँग यस क्षेत्रमा गर्नुपर्ने कामको विषयमा सुझाव लिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?