+
+

अब ‘खल्ती’बाटै काठमाडौं महानगरको कर तिर्न सकिने

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १६ गते १६:४२

काठमाडौं । खल्ती र काठमाडौं महानगरपालिकाबीच राजस्व संकलन डिजिटलाइजेसन गर्ने सम्बन्धमा सम्झौता भएको छ । योसँगै काठमाडौं महानगरपालिकाका सबै प्रकारका कर ‘खल्ती’ मार्फत नै तिर्न सकिने भएको छ । यो सुविधाले करदाताहरुले सहज बनाएको कम्पनीले दावी गरेको छ । खल्तीमार्फत करदाताहरूले घर बाहाल कर, सम्पति कर, व्यावसायिक लगायतका अन्य करहरु सहजै भुक्तानी गर्न सक्ने कम्पनीले जनाएको छ ।

यसअघि यो सेवा करदाता पोर्टलमा लग इन गरि मात्र भुक्तानी उपलब्ध थियो भने अब खल्तीले यसलाई एपमार्फत नै भुक्तानी गर्न मिल्ने गरी अझ सहज र झन्झटमुक्त बनाएको कम्पनीको दावी छ ।

जनताको दैनिक भुक्तानीलाई सहज बनाउने कम्पनीको लक्ष्य रहेको खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले बताए । यो सुविधालाई विस्तार गर्नका लागि विभिन्न स्थानीय तह र अधिकारीहरूसँग साझेदारी सुरु गर्ने काम भइरहेको उनले बताए ।

काठमाडौं महानगरपालिकासँगको यो साझेदारीले पारदर्शी र प्रभावकारी राजस्व संकलनका लागि निश्चित रूपमा लाखौं घरपरिवारलाई कर भुक्तानीको आनन्द लिन सक्षम बनाउने उनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?