+
+

नेको इन्स्योरेन्सको प्रस्ताव– १५ प्रतिशत बोनस सेयर वितरण

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १९ गते १२:२७

१९ मंसिर, काठमाडौं । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले १५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । १८ मंसिर आइतबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको २५ प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनको लागि ०.७९ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।

कम्पनीको प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?