+
+

चिलिमे जलविद्युत कम्पनीले १५ प्रतिशत लाभांश दिने

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २१ गते ११:३३

२१ मंसिर, काठमाडौं । चिलिमे जलविद्युत कम्पनीले सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने तयारी गरेको छ । २० मंसिर मंगलबार बसेको  कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पुँजी ६ अर्ब ७५ करोड १७ लाख ९४ हजार ६७५ रुपैयाँको ७.५ प्रतिशत बोनस सेयर र ७.५ प्रतिशत नै नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

कम्पनीको सञ्चालक समितिले प्रस्तावित लाभांश २२ पुसमा हुने  २६ औं वार्षिक साधारणसभामा लैजाने जनाएको छ । साधारणसभा प्रयोजनको लागि ३ पुसमा सेयरधनी दर्ता किताब बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ । जसअनुसार २९ मंसिरसम्म कायम सेयरधनीले कम्पनीको प्रस्तावित लाभांश र साधारणसभामा सहभागि हुन पाउनेछन् ।

कम्पनीको प्रस्तावित लाभांश २६ औं वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीमा वितरण हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?