+
+

बेल्जियन स्टार इडेन हाजार्डले अन्तर्राष्ट्रिय फुटबलबाट लिए सन्यास

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २१ गते १७:१२

२१ मंसिर, काठमाडौं । बेल्जियमका मिडफिल्डर इडेन हाजार्डले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् ।

‘म जीवनको एक पन्ना पल्टाउँदैछु । तपाईँहरुको मायाका लागि धन्यवाद,’ उनले आफ्नो इन्स्टाग्राममा लेखेका छन्, ‘तपाईंहरुको अद्वितीय समर्थनका लागि धन्यवाद । सन् २००८ यता हामीले बाँडेका सबै आनन्ददायी क्षणका लागि धन्यवाद । म आज अन्तर्राष्ट्रिय फुटबलरका रुपमा करिअर अन्त्य गर्दैछु । अर्को पुस्ता तयार भइसकेको छ ।’

बेल्जियन पत्रिका हेट लास्टेका निउजका अनुसार ३१ वर्षका हाजार्डले विश्वकप समूह चरणमा क्रोएसियासँगको खेल लगत्तै सन्यास लिनेबारे राष्ट्रिय टिमका साथीहरुसँग कुराकानी गरेका थिए । ६ दिनपछि उनी आफ्नो निर्णयमा अडिग रहे र २७.२ मिलियन फलोअर्स रहेको इन्स्टाग्राममार्फत सन्यासको घोषण गरे ।

बेल्जियनको स्वर्ण पुस्ताका प्रमुख सदस्यका रुपमा हाजार्डले सन् २००८ नोभेम्बर १९ मा लक्जेवर्गसँगको खेलमा १७ वर्षको उमेरमै राष्ट्रिय टिमबाट डेब्यू गरेका थिए ।

कतार विश्वकपपछि बेल्जियन टोलीबाट विश्राम लिने निर्णय गरेका उनले बेल्जियमका लागि १२६ अन्तर्राष्ट्रिय क्याप जितेका छन् । उनले बेल्जियमका लागि ३३ गोल र ३६ असिस्ट गरेका छन् ।

इंग्लिस क्लब चेल्सीका लागि खेलिसकेका हाजार्ड अहिले स्पेनिस महारथी रियल मड्रिडमा अनुबन्धित छन् । उनले बेल्जियम टिमका लागि ५६ खेलमा कप्तानी गरेका छन् ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?