+
+

विद्युत खपत बढाउन पूर्वाधार विकासमा लगानी केन्द्रित छ : कुलमान घिसिङ

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २२ गते १७:२४
फाइल तस्वीर

२२ मंसिर, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत खपत बढाउनका लागि प्राधिकरणको लगानी विद्युतीय पूर्वाधार विकासमा केन्द्रित गरेको बताएका छन् ।

बिहीबार नेपाल विद्युतीय व्यवसायी महासंघले आयोजना गरेको ‘फिन इलेक्ट्रो टेक २०२२’ प्रदर्शनी कार्यक्रममा घिसिङले यस्तो बताएका हुन् । सरकार र प्राधिकरण विद्युतीय पूर्वाधार विकासका लागि लगानी केन्द्रित रहेको उनले बताए ।

नेपालमा उत्पादित विद्युत नेपालमा नै खपत बढाउनका लागि विभिन्न ईभी एक्स्पोहरु भइरहेको उनले बताए । घिसिङले विद्युत खपतका लागि चार्जिङ स्टेसनहरु विस्तार र इन्डक्स कुकिङलाई प्राथमिकता दिँदै आएको बताए । उनले विद्युत प्रसारण, वितरण र सब स्टेशनको विकास नभई विद्युत खपत बढाउन नसक्ने बताए । गुणस्तरीय विद्युत र चाहे जति विद्युत सप्लाई गर्ने विद्युतीय पूर्वाधार निर्माण गर्ने चरणमा प्राधिकरण रहेको उनले बताए । घिसिङले गाउँगाउँमा शतप्रतिशत विद्युतीकरण गर्ने सरकारको नीति तथा कार्यक्रम अनुसार पूरा गर्ने चरणमा प्राधिकरण पुगेको बताए ।

‘विद्युतीय पूर्वाधार निर्माणमा प्राधिकरणको ठूलो लगानी भइरहेको छ । प्राधिकरण निरन्तर, गुणस्तरिय विद्युत र चाहेजति विद्युत सप्लाई गर्ने विद्युतीय पूर्वाधार निर्माण गर्ने चरणमा छौं’ उनले भने ।

घिसिङले अबको २ वर्षपछि नेपालले विद्युत आयात गर्नुपर्ने अवस्था नआउने बताए । उनले वर्षाको समयमा विद्युत निर्यात गरिरहेको भन्दै विद्युत निर्यात गर्नु सरकारको सफलता नभएता पनि खपत नभएको विद्युतलाई खेर फाल्नु भन्दा निर्यात गर्नु राम्रो भएको बताए । उनले विद्युत खपत बढाए मात्रै मुलुकमा समृद्धि आउने भन्दै एक युनिट विद्युत पनि खेर फाल्नु नहुने बताए ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?