+
+

पश्चिम सेती र पञ्चेश्वर परियोजना बने सुदूरपश्चिम समृद्ध हुन्छ : प्रधानमन्त्री देउवा

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २२ गते १७:१२

२२ मंसिर, धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवाले पश्चिम सेती जलविद्युत र पञ्चेश्वर परियोजना बनेमा सुदूरपश्चिम समृद्ध हुने बताएका छन् ।

देउवाले पश्चिम सेती परियोजना निर्माणका लागि भारतीय कम्पनीसँग सम्झौता भइसकेको बताउदै अब काम अघि बढ्नेमा पनि सरकार विश्वस्त रहेको बताए ।

कैलाली उद्योग वाणिज्य संघले धनगढीमा आयोजना गरेको सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्दै देउवाले पश्चिम सेतीसँगै पञ्चेश्वर परियोजना पनि निर्माण भए सुदूरपश्चिमको आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे ।

आयोजकले प्रधानमन्त्री देउवालाई १५ किलोको माला लगाउदै पश्चिम सेती परियोजना निर्माण, गौरीफन्टा नाकालाई अन्तराष्ट्रिय नाकाका रुपमा स्तरोन्नती गर्नुपर्ने समेतका १५ बुँदे मागसमेत राखेको थियो ।

आयोजकले राखेका माग सम्बोधन गर्न सरकार सकारात्मक भएको बताउँदै देउवाले भारत भ्रमणका क्रममा गौरीफन्टा नाकाको स्तरोन्नतीको विषयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग आफूले कुराकानी गरेको पनि बताए ।

देउवाले उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सवले सुदूरपश्चिमको कला, संस्कृतिको प्रवद्र्धनमा उल्लेख्य भूमिका खेल्ने विश्वास समेत व्यक्त गरेका छन् ।

प्रधानमन्त्री देउवाले विधिवत रुपमा उद्घाटन गरेको सुदूरपश्चिम महोत्सव अगामी पुष २ गतेसम्म चल्ने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?