+
+

इतिहास बनाएको ‘रक्की’ मोरक्को, जसले पाइरहेको छ सबैको माया

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २५ गते १७:१४

२५ मंसिर, काठमाडौं । कतारमा जारी विश्वकप  फुटबल अफ्रिकी टिम मोरक्को इतिहास निर्माता बनेको छ ।

यसअघि अफ्रिकाका तीन टिम विश्वकपको क्वाटरफाइनलमा पुगेका थिए तर कुनै पनि टिम त्यो भन्दा अगाडि बढ्न सकेनन् ।

क्यामरुन (१९९०) , सेनेगल (२००२) र घाना (२०१०) क्वाटरफाइनलबाटै बाहिरिएका थिए । तर यसपटक अवस्था फरक रह्यो । मोरक्कोले अल थुमामा स्टेडियममा त्यसलाई ब्रेक गर्‍यो । मोरक्कोका समर्थकले मैदानमा आफ्नो टिमलाई ठूलो समर्थन गरेको थियो । सिर सिर (गो गो अर्थात जाउजाउ) फ्यानहरु चिच्याउ थिए । ‘दिमा माघ्रिव’ (सधैँ मोरक्को) उनीहरु भनिरहेका थिए ।

कतारमा चम्किरहेको मोरक्को अफ्रिका महादेशबाटै विश्वकपको सेमिफाइनल पुग्ने पहिलो टिम बनेको छ र उसले समर्थकलाई खुशीको माहोलको प्रत्यक्षदर्शी बन्न दिएको छ ।

युसुफ एन नेस्रीको पहिलो हाफको हेडर गोल मद्दतमा क्रिस्टियानो रोनाल्डो र उनको टिम पोर्चुगललाई घर फर्काउँदै र आफू गर्जदैँ एटलस लायन्स अगाडि बढेको छ ।

‘हामी सबैले माया गर्ने टिम बनिरहेका छौं। किनकी हामीले के गर्न सक्छौँ भनेर देखाइरहेका छौं’, प्रशिक्षक वालिद रेग्रागुईले भने, ‘यदी तपाईँले जोश, हृदय र विश्वास देखाउनुभयो भने सफल हुन सक्नुहुन्छ भनेर हाम्रा खेलाडीले देखाएका छन् ।’

युरोपियनहरुले चमत्कार भन्न सक्ने भए पनि आफूहरुले चमत्कार नगरेको बताए । ‘हामीले पोर्चुगल, स्पेन, बेल्जियमलाई हरायौं र क्रोएसियासँग गोल नखाई बराबरी खेल्यौं । यो मिहिनेतको फल हो‘, उनले भने ।

‘अफ्रिकी र अरब टोलीहरू कडा मेहनत गर्छन् तर हामीले हाम्रा मानिसहरूलाई खुशी र गौरवान्वित बनाएका छौं । सम्पूर्ण महाद्वीपमा गर्व छ । जब तपाईं रक्की बालबोआ हेर्नुहुन्छ, तपाईं उहाँलाई समर्थन गर्न चाहनुहुन्छ र हामी यो विश्वकपको रक्की हौं’, वालिदले भने ।

उनले भनेको रक्की बालबोआ हलिउड मुभीको नाम हो । जहाँ सिल्भेस्टर स्टालोन मुख्य पात्र हुन् र उनी मुभीमा अन्डरडग हुन् । त्यसैगरी मोरक्को पनि जारी विश्वकपको अन्डरडग बनेको छ ।

क्वाटरफाइनलमा पोर्चुगललाई हराएपछि मोरक्कोका खेलाडीहरुले प्रशिक्षकलाई हावामा उचालेका थिए ।

स्कटल्याण्डका पूर्व विंगर प्याट नेभिनले मैदानमा मोरक्कोले अनौँठा हल्ला गरेको बताए । ‘यस स्टेडियममा कोलाहल अविश्वसनीय छ । विश्वकपमा यस्तो ठुलो झट्का कहिले भयो भनेर सोच्न खोज्दै छु । उनीहरू यसको लागि योग्य छन्, केवल सीप र प्रयासको लागि मात्र होइन तर त्यो हल्लाले पनि काम गरेको छ ।’

मोरक्को विश्वकप फुटबल महाकुम्भमा सेमिफाइनल पुग्ने पहिलो अफ्रिकन राष्ट्र मात्र होइन पहिलो अरब राष्ट्र समेत बनेको छ । जसमा मुस्लिम बाहुल्यता छ । टिमले बफ्नो इस्लामिक विश्वासलाई समेत देखाएको छ ।

स्पेन विरुद्ध अन्तिम १६ को पेनाल्टीसुटआउट सफलताअघि उनीहरुले कुरानको अंश पढ्दै थिए । वैकल्पिक खेलाडी असरफ दारीले प्यालेस्टाइनको झण्डा ओढेर खुशी मनाए । पीएसजीका असरफ हाकिमीले आफ्नो आमालाई भेटे र चुम्बन गरे । सोफियन बार्फल बफ्नो आमासँग नाचे ।

रेग्रागुई पिच छोड्ने अन्तिम मध्ये एक थिए, यस्तो महत्त्वपूर्ण जीत पछि स्पष्ट रूपमा भावनात्मक बने । खेलपछिको पत्रकार सम्मेलनमा गोलकिपर बोनोसँगै फेरि एक पटक उनको प्रशंसा गरिएको थियो र उनले टोलीको बारेमा भने, ‘अल्हम्दुलिल्लाह (भगवानलाई धन्यवाद) ।’

विश्वकप जित्ने मौका पाएको र सारा विश्व अब मोरक्कोको साथमा रहेको भन्दै पत्रकारसम्मेलनमा खुसी देखिएका उनले मैदानमा हर्षका आँसु खसालेका थिए । उनले थपे, ‘म खेलको अन्त्यमा रोएको यो पहिलो पटक हो । मैले उदाहरण बन्न र म मानसिक रूपमा बलियो छु भनेर देखाउनु पर्छ तर कहिलेकाहीँ यो तपाईंको लागि धेरै हुन्छ । विश्वकपको सेमिफाइनलमा पुग्दा, भावनाहरू भर्खरै पोखिन्छन । यदि हामीले यो चरणमा पुग्छौं भनेर भनेको भए मैले झुट बोलेको हुने थियो । मैले आँसु नियन्त्रण गर्न सकिन ।’

मोरक्कोका गोलकिपर यासिन बोनेले आफूहरु मानसिकता परिवर्तन गर्न आएको र कमजोरबाट छुटकारा पाउन चाहेको बताए । ‘हामीले यो मानसिकता परिवर्तन गरेका छौं र हाम्रो पछि आउने पुस्ताले मोरक्कन खेलाडीहरूले चमत्कार सिर्जना गर्न सक्छन् भनेर थाहा पाउनेछन् । मसँग उत्कृष्ट खेलाडीहरू छन् र तिनीहरू सबै उत्कृष्ट छन् । जब कसैले मोरक्कोसँग सामना गर्छ, उनीहरूलाई थाहा छ कि उनीहरू उच्च स्तरमा खेल्न सक्छन् ।’

पोर्चुगलका ३७ वर्षीय क्रिस्टियानो रोनाल्डोको लागि झन् धेरै आँशु थियो । यो उमेरमा विश्वकप जित्ने उनको सपना मोरक्कले चकनाचुर पारिदिएको छ ।  विश्वभरबाट समर्थक र सेलेब्रेटीहरुले मोरक्को यस ऐतिहासिक सफलतामा खुशी मनाउँदै शुभकामना पनि दिएका छन् ।

– बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?