 
																			२६ मंसिर, बुटवल। आगो ताप्ने क्रममा जलेर पाल्पामा एक वृद्धको मृत्यु भएको छ । पाल्पाको रिब्दिकोट गाउंपालिका वडा-१ जोरपोखरी कोटखेराका ७५ वर्षीय खिमबहादुर विकको जलेर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डीएसपी विरेन्द्र थापाका अनुसार आइतबार सांझ खरले छाएको कच्ची घरको कोठामा अगेनामा आगो ताप्ने क्रममा आगलागी भई जलेर मृत्यु भएको हो ।
शवको पोष्टमार्टमका लागि जिल्ला अस्पताल तानसेन पुर्याइएको र घटनाको थप अनुसन्धान भइरहेको डीएसपी थापाले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4