+
+
Shares

कवि निर्भीकजंग रायमाझीको एकल वाचन

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २७ गते २०:०२

२७ मंसिर, काठमाडौं । कवि निर्भीकजंग रायमाझीको एकल कविता वाचन सम्पन्न भएको छ।

‘उद्गार साहित्य प्रतिष्ठान’को आयोजनामा सोमबार काठमाडौंस्थित मण्डला थियटरमा रायमाझीले आँखीझ्याल, बतासको लय, मेरो टोपी कैलाशको शिरजस्तो छैन, खिर खाने दिनलगायत एक दर्जन कविता सुनाए ।

कवि विप्लव प्रतीकले निर्भीक काव्यजगतमा चम्किलो नक्षत्र रहेको टिप्पणी गरे । ‘युवाहरू भावनामा बग्छ भनिन्छ, तर भावनाबाटै राम्रो कवि जन्मिन्छ जो निर्भीकमा पाउँछु म,’ उनले भने।

निर्भीकको चटारो शीर्षकको कविता वाचन गर्दै कवि श्रवण मुकारुङले उनका कविता लामो समय जीवित रहने धारणा राखे । आफूले उक्त कविता समय-समयमा पढ्ने गरेको बताउँदै यस्ता कविता सदाबहार पढिने बताए । ‘वर्तमान समयमा युवाकविमा निर्भीक बलियो हस्तक्षेप गर्ने स्रष्टा हो,’ मुकारुङले भने।

वरिष्ठ कवि तुलसी दिवसले एकभन्दा बढी पुस्तालाई जोड्ने क्षमता कविमा हुनुपर्ने भन्दै निर्भीकका कवितामा त्यस्तो विशेषता पाएको बताए ।

कवि रायमाझीले प्रेम, राजनीति, सामाजिक विभेदजस्ता विषयमा कविता लेख्दै आएका छन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?