+
+

नेपालमा ५७ प्रतिशत गर्भपतन अझै असुरक्षित

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २९ गते १७:२६

२९ मंसिर, चितवन । पछिल्लो समय असुरक्षित गर्भपतन चुनौती बन्दै गएको पाइएको छ । देशमा प्रति वर्ष करिब १ लाख महिलाले सुरक्षित रुपमा गर्भपतन गराउँछन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार ४३ प्रतिशत गर्भपतन सुरक्षित भएको छ भने, ५७ प्रतिशत गर्भपतन अझै असुरक्षित रुपमा भइरहेको छ ।

बागमती प्रदेश सरकार स्वास्थ्य निर्देशनालय हेटौंडाका निर्देशक महेश्वर श्रेष्ठले खुला नाका भएकाले भारतबाट गर्भपतन गराउने औषधि दार्ता नगरी ल्याउने र त्यसको गुणस्तर पनि नहुने बताए । नेपालमा गर्भपतन गराउने औषधि ६ वटाले मान्यता पाएका छन् ।

नेपालका औषधि निकै महंगा भएकाले भारतबाट लुकाएर नेपाल ल्याउने र दर्ता वाला औषधिको खोलमा हालेर सस्तोमा बिक्री गर्ने गरेको श्रेष्ठले बताए । ‘हामीले निगरानी गर्न सकेनौं त्यो छुट्टै विषय हो श्रेष्ठले भने, अब जुन निकायले स्वीकृत दिएको छ उसलै यसको निगरानी गर्नुपर्छ ।’

बरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर सुनिलमणि पोख्रेलले असुरक्षित गर्भपतनका कारण अत्यधिक रक्तश्राव, उच्च रक्तचाप र सङ्क्रमणका कारण मातृ मृत्युदर बढेको बताए ।

‘एक त मुलुकी ऐनले आफैँमा बाझिएको छ । अर्को कुरा सचेतना र परिवार नियोजनका साधन प्रयोगमा कमी र लापरवाही छ,’ उनले भने ।

‘पहिलो कुरा परिवार नियोजनको साधनको प्रयोग गर्नुपर्छ । गर्भपतन गर्नु राम्रो हैन तर, गर्नै परेको खण्डमा सबै भन्दा सुरक्षित स्थानमा गएर गराउनु पर्छ ,’ डा पोखरेल भन्छन् ।

मेरि स्टोप्स इन्टरनेशनलका उप-निर्देशक अनिल यादवले कानुनी रुपमा गर्भपतनको सेवा लिन पाइन्छ भन्ने कुराको धेरैमा ज्ञान नभएको बताए । ‘धेरै मानिसहरुलाई कानुनी रुपमा गर्भपतन सेवा लिन पाइन्छ, सेवा लिए वापत दण्ड सजाय हुदैन भन्ने बारे ज्ञान छैन,’ उनले भने,‘गर्भपतन गैरकानुनी हो, र यो सेवा लिएबापद दण्ड हुन्छ भन्ने आम महिलाको बुझाइ छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?