+
+

विश्वकप फाइनल यात्रामा फ्रान्सको रणनीतिक चातुर्य

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २९ गते १७:५०

२९ मंसिर, काठमाडौं । अमेरिकी पूर्व बक्सर माइक टायसन भन्छन्, ‘सबैसँग बलियो रणनीति हुन्छ । त्यो रणनीति तबसम्म बलियो हुन्छ जबसम्म कसैले उनीहरुले मुखमा मुक्काको स्वाद पाउँदैनन् ।’ ठ्याक्कै यस्तै भयो मोरक्कोको लागि पनि ।

विश्वकपमा महाशक्ति राष्ट्रहरुलाई पछि पार्दै सेमिफाइनलसम्म आइपुग्ने पहिलो अफ्रिकी राष्ट्र बनेको मोरक्कोले बुधबार दोहास्थित एजुकेसन सिटी स्टेडियममा फ्रान्ससँग २–० को पराजय बेहोर्‍यो । यसअर्थमा कि फ्रान्सले मोरक्कोको रणनीतिलाई चिर्न सफल रह्यो ।

फ्रान्सका प्रशिक्षक डिडिएर डेस्च्याम्पको रणनीतिको अगाडि वालिद रेग्रुगाइको प्रयास कमजोर सावित भयो । यस विश्वकपमा निकै राम्रो लय लिएको मोरक्कोको बलियो पक्ष भनेको गोलकिपर यासिन बोनो, रक्षापंक्ति र केही चुस्त खेलाडी थिए, जसले आक्रामक प्रदर्शन गर्न सक्थे ।

फ्रान्ससँगको खेलमा भने उसले पाँचौं मिनेटमा नै गोल खान पुग्यो ।

उनीहरुलाई आफू कमजोर रहेको महसुुस पहिलो गोलबाट नै भयो । केलियन एम्बाप्पेको प्रहारलाई थियो हर्नान्डेजले हाई हुक गर्दै फ्रान्सलाई पहिलो सफलता दिलाएका हुन् । अग्रता लिएको फ्रान्सले वालिद रेग्रुगाइको टिमलाई सर्तक बनेर खेल्न दबाव दियो ।

मोरक्कोका कप्तान रोमेन सेइस खेलअघि नै फिट थिएनन् । अर्का डिफेन्डर नायफ वार्मअपमा नै घाइते भएका थिए । सेइस छिट्टै प्रतिस्थापन हुँदा मोरक्कोको रक्षापंक्ति केही फितलो बनेको थियो ।

२१ औं मिनेटमा नै मोरक्कोले प्लान बी, र लगत्तै प्लान सी अपनाउनुपर्‍यो । फ्रान्सको अगाडि मोरक्को लाचारजस्तै देखियो ।

मोरक्कोका प्रशिक्षक रेग्रागुईले मंगलबार भएको प्रिम्याच पत्रकार सम्मेलनमा फ्रान्सका प्रशिक्षक डेसच्याम्पलाई विश्वको उत्कृष्ट प्रशिक्षक भनेर प्रशंसा गरेका थिए ।

खेलको बीचमै मोरक्कोले पनि रणनीति बदल्ने डेस्च्याम्पले सायद सोचेका थिएनन् । मोरक्कोले पहिलो हाफमा १ गोल खाइसकेपछि निकै सुधारिएको खेल देखाएको थियो । मार्कस थुरामलाई ६५ मिनेटमा प्रतिस्थापन गरेपछि मोरक्कोले एम्बापेलाई बाँयातिरको भागमा छाडिदियो । बेल्जियम, स्पेन र पोर्चुगलले मोरक्कोको धैर्यताको सामना गर्न असमर्थ रहे । बुधबार फ्रान्सले भने उनीहरुलाई खेलमा माथ दिएर अघि बढ्ने टिम पनि छ है भन्ने देखायो ।

आइतबार लुसेल स्टेडियममा हुने फाइनलको लागि अर्जेन्टिनाले फ्रान्सलाई रोक्न यस्तै केही उत्कृष्ट रणनीति बनाउनुपर्ने हुन्छ । बेल्जियम चार वर्षअघि फ्रान्ससँग हारेपछि हतास देखिएको थियो । तर मोरक्कोलाई भने यो खेलमा हारे पनि उत्कृष्ट टिम भएको अनुभव हुनसक्छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?