+
+

आई लिग खेल्न तीन जना महिला खेलाडी भारत प्रस्थान

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १ गते १३:०४

१ पुस, काठमाडौं । महिला राष्ट्रिय टिमका ३ जना फुटबलर आई लिग खेल्न भारत प्रस्थान गरेका छन् ।

राष्ट्रिय महिला टोलीकी गोलकिपर एन्जिला तुम्बापो सुब्बा, फरवार्ड सावित्रा भण्डारी साम्बा र डिफेन्डर गिता राना भारतीय लिग (आई लिग) खेल्न बिहीबार राति त्यसतर्फ प्रस्थान गरेका हुन् ।

सावित्रो गोकुलम केरेला एफसीमा अनुबन्ध छिन् भने एन्जिला र गिताले सेथु एफसीबाट खेल्नेछन् । आइ लिग माघ १ गतेदेखि फागुन ३ गतेसम्म भारतको केरेलामा हुनेछ ।

गोकुलमबाट सावित्राले दोस्रो पटक पनि मौका पाएकी हुन् । गत वर्ष भने उनी घुँडाको चोटका कारण फुटबलबाट टाढा रहेकी थिइन् ।

दुई वर्षअघि गोलकुलम आई लिग च्याम्पियन बन्दा सावित्रा सर्वाधिक गोलकर्ता बनेकी थिइन् । त्यसअघि उनी आबद्ध सेथु पनि आई लिग च्याम्पियन बनेको थियो । एन्जिला र गिताले भने पहिलो पटक भारतीय लिगमा खेल्न लागेका हुन् ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?