+
+

नेपथ्यले आफ्ना चर्चित गीतबाट ततायो नेपालगञ्ज

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १ गते १३:५१

काठमाडौं । देशव्यापी सांगीतिक दौडाहामा निस्किएको लोकरक ब्याण्ड नेपथ्यले बिहीबार नेपालगञ्जमा कन्सर्ट गरेको छ । चिसो मौसममा पश्चिम नेपालको प्रमुख सहर नेपालगञ्जलाई नेपथ्यले आफ्ना चर्चित गीत प्रस्तुत गरेर न्यानो बनायो ।

‘आँगनैभरि हिउँ नै झरे’ गीतका साथ नेपालगञ्ज रंगशालमा बनाइएको भव्य स्टेजमा उक्लिएका नेपथ्यका प्रमुख गायक अमृत गुरुङले त्यसपछि एकपछि अर्को आफ्ना चर्चित गीत गाएर दर्शक-श्रोतालाई नचाए ।

नेपथ्यले आफ्ना चर्चित गीतहरु भेंडाको ऊनजस्तो, छेक्यो छेक्यो देउराली डाँडा, चरी मर्‍यो, जोमसोमै बजारमा, शिरफूल शिरैमालगायत गीत गाएर नेपालगञ्जको चिसो साँझलाई न्यानो बनायो ।

नेपालगञ्जको कन्सर्टपछि पुस ३ गते नेपथ्यले धनगढीमा प्रस्तुति दिनेछ । यसअघि उसले विराटनगर, वीरगञ्ज, हेटौंडा र भरतपुरमा कन्सर्ट गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?