+
+

‘अवतार २’ हेर्न फिल्म हलमा जानुअघि जान्नुपर्ने महत्वपूर्ण कुरा

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १ गते १५:०६

काठमाडौं । सन् २००९ मा रिलिज भएको ‘अवतार’ विश्वमै धेरै कमाउने फिल्म हो । २.९ बिलियन अमेरिकी डलरको यसको बक्स अफिस कीर्तिमानलाई १३ वर्षपछि पनि कसैले उछिन्न सकेको छैन ।

यदि तपाईंले त्यतिबेला यसका मुख्य पात्र जेक सुली र नेयतिरीका साहसिक कार्य सम्झनुभएको छ भने पनि फिल्मका कतिपय विवरण र प्लट बिर्सनु भएको हुनसक्छ । प्यान्डोरा ग्रहमा मानिस के गर्दै थिए ? अवतारले कसरी काम गर्छ र अनअब्टेनियम भनेको के हो ?

हामी यस अर्थमा भाग्यमानी छौं कि आजदेखि रिलिज भएको ‘अवतार : द वे अफ वाटर’ले पहिलो श्रृंखलालाई लिएर धेरै ज्ञान बाँड्दैन । फिल्म हेरेर बाहिर निस्किएका दर्शकले दोस्रो श्रृंखला मन परेको बताए । तर उनीहरुले अघिल्लो भाग हेरे वा हेरेनन् भन्ने कुरा उनीहरुलाई नै थाहा हुनुपर्छ । अहिले डिज्ने प्लसमा पनि अवतारको पहिलो श्रृंखला स्ट्रिमिङ भइरहेको छ ।

हामी कहाँ छौं ?

आजभन्दा सय वर्षअघि मानिस प्यान्डोरा भनिने टाढाको ग्रहमा यात्रा गरिसकेका छन् । जुन पृथ्वीजस्तो छैन । त्यहाँ जंगल र महासागर पनि छन् । हावा त छ तर निकै विषाक्त । १० सेकेण्डपछि त्यो हावा विषालु बनिसक्छ । जसको कारण वरपर हिंड्न मानिसले अक्सिजन मास्क लगाउनुपर्छ ।

नीला मान्छे को हुन् ?

नेभी भनिने प्यान्डोराका आदिवासी हुन् । उनीहरुको मौलिक भाषा पनि छ । गोप्य अंग ढाक्ने पहिरन मात्र लगाउँछन् । अरु शरीर सबै नांगै । इतिहास र संस्कृतिजस्तै उनीहरु अर्को ग्रहबाट प्यान्डोरामा आइपुग्ने मान्छेसँग डर मान्दैनन् । पृथ्वीबाट मानिस प्यान्डोरामा पाइने बहुमूल्य खनिज धातु अनअब्टेनियमको उत्खननको लागि उनीहरु त्यहाँ पुगेका हुन्छन् ।

पहिलो फिल्ममा मानिसका चरित्र कस्ता छन् ?

पृथ्वीबाट प्यान्डोरामा पुगेका मानिस आधारभूत रुपमा दुई समूहमा विभाजन हुन्छन्, निर्दयी सैनिक र पैसाको मतलब गर्ने । जिओभानी रिबिसीजस्ता धनाढ्य र स्टीफन लाङजस्ता निर्दयी सैन्य कमाण्डरको नेतृत्वमा उनीहरु त्यहाँ पुगेका हुन्छन् ।

नायक जेक सुली (स्याम वर्थिंगटन) तिनीहरू दुवैका लागि काम गर्छन् । त्यहाँ ग्रेस र उनका अनुसन्धानकर्तासँग मिलेर काम गर्छन् । डलब एजेन्टको रुपमा काम गर्न उनले अन्य पात्रलाई पनि आफ्नो समूहमा ल्याउँछन् ।

‘द वे अफ वाटर’मा पुनः देखा पर्ने पहिलो फिल्मका केही मानव चरित्र छन्, विशेषगरी जोएल डेभिड मूर र दिलीप राव अनुकूल वैज्ञानिक प्रकारका रूपमा तर तिनीहरूको बारेमा धेरै चिन्ता नगर्नुहोस् ।

अवतार के हो त ?

वास्तवमा दोस्रो श्रृंखलाको यो महत्वपूर्ण पक्ष होइन तर नेभी र मान्छेबीचको हाइब्रिड शरीरलाई अवतार भनिन्छ । मानिसले न्यूरल लिंकमार्फत नेभीको अवतारलाई नियन्त्रण गरिरहन्छ । मूल अवतारमा, जेक र अनुसन्धान टोलीका बाँकी सदस्य प्यान्डोरा वरिपरि स्वतन्त्र रूपमा घुम्ने आफ्नो अवतारको शरीरसँग कनेक्ट गरिराख्न बेड शैलीको साना बाकसभित्र सुतेका छन् ।

तर जेकले आफूलाई नाभी आदिवासीसँग समाहित गरेपछि नेभी प्रमुखकी छोरी नेयतिरी (जो साल्दाना)सँग प्रेममा पर्छ र उसले मानिसविरुद्ध विद्रोह सुरु गर्छ । यो विद्रोहको नेतृत्व गरे पनि उनले आफ्नो अस्तित्वको लागि मानव शरीरलाई त्यागिदिन्छ । साल्डानासँग प्रेममा परे र अन्ततः मानिसको विरुद्धमा विद्रोहको नेतृत्व गरेपछि, उनले पूर्ण–समय बाँच्नको लागि फिल्मको अन्त्यमा आफ्नो मानव शरीरलाई छोडिदिए । तपाईंले वे अफ वाटरमा पनि मान्छेको शरीरलाई नेभीको अवतारमा रुपान्तरण गरेका दृश्य पनि देख्नुहुन्छ । तर नेभीबाट मानिसमा फर्किएको दृश्य यसमा देख्न पाइनेछैन ।

मूल अवतारमा अरु के हुन्छ ?

लडाइँका केही राम्रा र आकर्षक दृश्य अहिले पनि हेर्न लायक छन् । तर प्लटअनुसार जान्न जरुरी छ कि जेक र नेयतिरी प्रेममा पर्छन् । अन्तिम लडाइँमा नेयतिरीले क्वाटरिच नामक खलपात्रलाई मार्छिन् । अन्त्यमा मानिसलाई प्यान्डोराबाट आफ्नै ग्रहमा फर्कन बाध्य तुल्याइन्छ । गे्रस अगस्टिनको मृत्यु भइसकेको छ तर उनको अवतार वरपर घुमिरहेको छ । यो कुरालाई ख्यालमा राख्नुहोला ।

न्य केही ?

इमानदारीपूर्वक वास्तवमा होइन । अवतार : वे अफ वाटरको सुरुमै तपाईंलाई चकाचक भिजुअल इफेक्टले अवतारको मौलिक भागतिरै लैजानेछ । सुरुमा पहिलो भागका घटनालाई पुनः स्मरण गराउने प्रयास गरिएको छ किनभने हामीले १३ वर्षको लामो समयपछि दोस्रो श्रृंखला हेर्दैछौं । अवतार २ ले पनि तपाईंलाई प्यान्डोराको पूर्ण रूपमा नयाँ वातावरण र संस्कृतिसँग परिचय गराउँछ । हेर्दै जाँदा तपाईं नयाँ घटनासँग अभ्यस्त हुन थाल्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?