+
+

सीडीओको हस्ताक्षर किर्ते गरेर बैंकबाट ७० लाख झिकेको आरोपमा मानमहन्त पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ३ गते १२:३३

३ पुस, जनकपुरधाम । महोत्तरीको मटिहानी मन्दिरका मानमहन्त जगरनाथ दास पक्राउ परेका छन् ।

रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारीको हस्ताक्षर किर्ते गरेको आरोपमा उनलाई आइतबार बिहान पक्राउ गरेको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी सन्तोष पोखरेलले जानकारी दिए ।

महन्त दासमाथि रोक्का रहेको बैंक खाताबाट सहायक सीडीओको हस्ताक्षर किर्ते गरेर ७० लाख रुपैयाँ झिकेको आरोप छ ।

उनलाई आवश्यक अनुसन्धान र कारबाहीको लागि रुपन्देही पठाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?