+
+

आँखाको लेन्स पनि तस्करी

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ३ गते १९:१२

३ पुस, विराटनगर । भारतबाट तस्करी गरी नेपालतर्फ ल्याउँदै गरेको मोतियाविन्दुको शल्यक्रिया गरेका बिरामीको आँखामा प्रयोग गरिने लेन्स प्रहरीले नियन्त्रणमा लिएको छ ।

भन्सार छली गरेर ल्याएको आँखाको लेन्स प्रहरीले आइतबार बिहानका राति १ बजेतिर विराटनगर महानगरपालिका–१६ जुट मिल्सनजिकबाट नियन्त्रणमा लिएको हो ।

८ लाख ६४ हजार मूल्य बराबरको १ सय २० वटा लेन्स र ३४ हजार ८०० रूपैयाँ बराबरको औषधि बरामद भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार भारतदेखि तस्करी गरेर ल्याइएको लेन्स आँखा अस्पतालले प्रयोग गर्ने गरेको आशंका छ । एउटा लेन्सको मूल्य ५ हजारदेखि ४० हजार रूपैयाँसम्म पर्छ ।

प्रहरीले लेन्ससहित भारतबाट तस्करी गरेर ल्याएको चाबी (साँचो), थान कपडा, चिया छान्ने जाली, साडीलगायतका सामान पनि बरामद गरेको छ ।

भन्सार छली गरेर ल्याउँदै गरेको अवस्थामा १२ लाख ३ हजार ४ सय रुपैयाँ बराबरको सामान नियन्त्रणमा लिइएको डीएसपी श्रेष्ठले बताए ।

तस्करीको सामान ल्याउनेहरु प्रहरीलाई देख्नासाथ भागेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?