+
+

अन्तःशुल्क संकलनमा बियरको योगदान धेरै

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ४ गते १८:१०

४ पुस, काठमाडौं । नेपालमा सरकारले स्वास्थ्यमा प्रतिकूल असर पर्ने वस्तुको उत्पादनमा अन्तःशुल्क असुल गर्छ । यस्तो अन्तःशुल्कमा बियरको योगदान सबैभन्दा धेरै रहेको पाइएको छ ।

आन्तरिक राजस्व विभागका अनुसार सरकारले आर्थिक वर्ष (आव) २०७८/७९ मा १ खर्ब ३ अर्ब रुपैयाँ आन्तरिक राजस्व संकलन गर्न सफल भएको थियो । जसमा बियरले सबैभन्दा धेरै योगदान गरेको छ । यस आवमा बियरबाट ३१ अर्ब रुपैयाँ अन्तःशुल्क संकलन भएको छ । यो कुल अन्तःशुल्क संकलनको ३०.०९ प्रतिशत हिस्सा हो ।

मदिराबाट ३० अर्ब ४१ करोड रुपैयाँ अन्तःशुल्क राजस्व संकलन भएको छ । यो कुल अन्तःशुल्क संकलनको २९.५२ प्रतिशत हिस्सा हो । सुर्तीजन्य पदार्थबाट एक वर्षमा २४ अर्ब ५६ करोड रुपैयाँ अन्तःशुल्क उठेको छ । यो कुल अन्तःशुल्क संकलनको २३.८४ प्रतिशत हो ।

अन्य औद्योगिक उत्पादनको योगदान भने १६.५५ प्रतिशत रहेको छ । यस्ता उत्पादनबाट एक वर्षमा १७ अर्ब ५ करोड राजस्व संकलन भएको विभागको तथ्यांकले देखाएको छ ।

आव २०७८/७९ मा अन्तःशुल्क संकलनमा के-को कति हिस्सा ?

  • बियर : ३१ अर्ब (३०.०९ प्रतिशत)
  • मदिरा : ३० अर्ब ४१ करोड (२९.५२ प्रतिशत)
  • सुर्तीजन्य पदार्थ : २४ अर्ब ५६ करोड (२३.८४ प्रतिशत)
  • अन्य औद्योगिक उत्पादन : १७ अर्ब ५ करोड (१६.५५ प्रतिशत)

हरेक वर्ष बढ्दैछ अन्तःशुल्क

सरकारले हरेक वर्ष अन्तःशुल्क दर बढाइरहेको छ । जसको प्रभाव राजस्व संकलनमा समेत देखिएको छ ।

आर्थिक वर्ष २०७४/७५ मा ६० अर्ब ४६ करोड रुपैयाँ अन्तःशुल्क संकलन भएकोमा ५ वर्षको अवधिमा बढेर १ खर्ब नाघेको हो ।

आव २०७७/७८ को तुलनामा आव २०७८÷७९ मा २७ प्रतिशत बढी अन्तःशुल्क संकलन भएको तथ्यांकले देखाएको छ ।

कुन वर्ष कति संकलन भयो अन्तःशुल्क ?

  • आव २०७४/७५ : ६० अर्ब ४६ करोड
  • आव २०७५/७६ : ७३ अर्ब ६१ करोड
  • आव २०७६/७७ : ६४ अर्ब ८४ करोड
  • आव २०७७/७८ : ८१ अर्ब ५१ करोड
  • आव २०७८/७९ : १ खर्ब ३ अर्ब
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?