+
+

अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने करिम बेन्जिमाको संकेत

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ४ गते २१:२७

काठमाडौं । फ्रान्सका स्ट्राइकर करिम बेन्जिमाले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने संकेत गरेका छन् ।

विश्वकप टिममा स्थान बनाएका बेन्जिमा कतार पनि गएका थिए । चोटका कारण उनी एउटा पनि खेल नखेली फर्किनु पर्‍यो ।

उनको अनुपस्थितिमा पनि फ्रान्स विश्वकपको फाइनलमा पनि पुगेको थियो, आइतबार राति भएको उपाधि भिडन्तमा अर्जेन्टिनासँग टाइब्रेकरमा पराजित भयो ।

त्यसको भोलिपल्ट सोमबार ३५औं जन्मदिन मनाइरहेका उनले सामाजिक सञ्जालमा सन्यासको संकेत गरेका छन् । उनले लेखेका छन्, ‘आज म जहाँ छु, यहाँसम्म आउन मैले प्रयास गरेँ, गल्ती पनि गरेँ । यसमा मलाई गर्व छ । मैले आफ्नो कथा लेखेको छु र अब समाप्त हुँदैछ ।’

२००७ मा सिनियर टिममा डेब्यू गरेका बेन्जिमा प्रमुख प्रतियोगिताहरुमा फ्रान्सको टोलीमा अटाउँदै आएका थिए । टिममेटमाथि ब्लाकमेलिङ गरेको आरोप लागेपछि उनले २०१६ को युरो र २०१८ को विश्वकप गुमाए ।

उनी २०२१ मा फ्रान्सको टोलीमा फर्किएका थिए । यो वर्षको बालोन डि’ओर जितेका उनी कतार विश्वकप खेलेर आफ्नो करियरको सुखद अन्त्य गर्न चाहन्थे । तर चोट का कारण प्रतियोगिता नै गुमाउन पुगे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?