+
+
शेखर–गगन लेनदेन :

दलको नेता छाडेका कोइरालालाई सभापतिमा समर्थन

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ५ गते १३:२८
होटेल बसेरामा बसेको बैठकमा शेखर कोइराला, गगन थापा लगायतका नेताहरु । तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर

५ पुस, काठमाडौं । नेपाली कांग्रेसको शेखर कोइराला समूहका नेताद्वय शेखर कोइराला र गगन थापाबीच संसदीय दलको नेता र सभापतिको उम्मेदवारीमा ‘लेनदेन’ भएको छ ।

दुवै संसदीय दलको उम्मेदवारको आकांक्षी थिए । दुवैले चुनाव लड्दा १४औं महाधिवेशनबाट बनेको यो समूह नै विघटन हुने भएपछि नेताहरुले सहमति खोजेका छन् । १५औं महाधिवेशनमा आफूलाई सभापतिमा समर्थन गर्न महामन्त्री गगन थापा सहमत भएपछि डा. शेखरले संसदीय दलको दाबी छाडेका छन् ।

होटल बसेरामा बसेको बैठकमा नेता शेखरले संसदीय दलको नेताको उम्मेदवारमा गगनलाई प्रस्ताव गरेका छन् । पुस्तान्तरणसहित रुपान्तरणको पक्षमा रहेकाले आफूले गगनलाई संसदीय दलको नेतामा प्रस्ताव गरेको उनले बताए । उपसभापति धनराज गुरुङ लगायतका नेताहरुले समर्थन गरेका छन् ।

महामन्त्री गगन थापाले पनि १५औं महाधिवेशनको सभापतिमा यो समूहले शेखरलाई नै अघि सार्ने बताएका छन् । ‘१५औंमा शेखरलाई हाम्रो समूहको उम्मेदवार बनाउने प्रस्ताव गगनजीले नै गर्नुभयो,’ सांसद सुनिल शर्मा भन्छन्, ‘संसदीय दलमा गगन उठाउने र १५औं महाधिवेशनमा सभापतिमा हाम्रो समूहबाट शेखर उम्मेदवार बन्ने निर्णय ग¥यौं ।’ गत वर्ष मंसिरमा भएको १४औं महाधिवेशनमा पनि शेखर नै उम्मेदवार थिए, तर देउवासँग पराजित भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?