+
+

लिटरेचर फेस्टिभलमा सांगीतिक कार्यक्रमको प्रायोजन ‘खुकुरी रम’ले गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ६ गते १२:०३

‘१० औं नेपाल लिटरेचर फेस्टिभल’अन्तर्गत आयोजना हुने सांगीतिक कार्यक्रमहरूको प्रायोजन खुकुरी रमले गर्ने भएको छ।

पुस ६ गतेदेखि पोखराको फेवाताल किनारमा सुरू हुने कार्यक्रमहरूको प्रायोजन खुकुरी रमले गर्ने भएको हो।

फेस्टिबलअन्तर्गत पुस ७ गते स्वर्गीय संगीतकार गोपाल योञ्जनको २५औं स्मृति दिवसको अवसरमा विशेष सांगीतिक कार्यक्रम आयोजना हुँदैछ।

योञ्जनका गीतहरूको सँगालो ‘गोपालय’ पनि सोही अवसरमा विमोचन गरिनेछ।

स्व. योञ्जनले पोखरामै लामो समयसम्म लोक संगीतको अनुसन्धान र लेखनमा बिताएका थिए।

लिटरेचर फेस्टिबलमा यसबाहेक लोक–ब्याण्ड रैथाने र फ्यूजन गिटारवादक अनिल शाहीले पनि आफ्नो ब्याण्डसँगै विशेष प्रस्तुती दिनेछन्।

‘खुकुरी रम’ संगठित क्षेत्रमा स्थापना भएको देशकै पहिलो मदिरा उद्योग ‘दि नेपाल डिस्टीलरिज’ले ६२ वर्षदेखि उत्पादन गर्दै आएको छ।

कम्पनीका इभेन्ट म्यानेजर सुदिक्षा अधिकारीले कला, साहित्य र संगीत प्रेमीहरूको विशेष उत्सव ‘नेपाल लिटरेचर फेस्टिभल’सँग सहकार्य गर्न पाउँदा आफूहरूलाई गौरव महसुस भएको बताइन्।

उनले भनिन् ‘लामो समयदेखि ग्राहकको मनमा बस्न सफल ‘खुकुरी रम’ उत्पादन गर्दा हामीले मौलिकतालाई विशेष जोड दिने गरेका छौं। यही कारण नेपाली मौलिकपनले ओतप्रोत लिटरेचर फेस्टिभल जस्ता कार्यक्रम हाम्रो रोजाइमा पर्ने गर्छन्।’

लिटरेचर फेस्टिभलको आयोजक बुकवर्म फाउण्डेसनका निर्देशक निरज भारीले नेपालीहरूको पहिचानको रुपमा धेरै देशमा निर्यात हुने उत्पादनलाई लिटरेचर फेस्टिभलअन्तर्गतका सांगीतिक कार्यक्रमहरूसँग जोड्न पाउँदा आफूहरूलाई पनि खुशी लागेको बताए।

पुस ११ गतेसम्म चल्ने शब्दहरूको उत्सवमा ५० भन्दा बढी सेसन, सांगीतिक साँझ र थप रोचक विमर्श हुनेछन्।

फेस्टिभलमा सन् २०२२ का बुकर पुरस्कार विजेता श्रीलंकाली लेखक सेहान करुणातिलका, लेखक एवं पत्रकार अक्षय मुकुल, सह–प्राध्यापक एवं लेखक सुकेतु मेहता, लेखक एवम्फिल्म निर्माता सवा करिम खान, लेखक श्रेयना भट्टाचार्यलगायत अन्तर्राष्ट्रिय चर्चित व्यक्तिहरू पनि सहभागी हुनेछन्।

नेपालका राजनीतिक दलका नेतादेखि सांगीतिक, कला, पत्रकारिता, लेखन तथा सामाजिक क्षेत्रमा चर्चित पात्रहरू समेत सहभागी हुनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?