+
+

काभा यू–२३ पुरुष भलिबलमा नेपालले बंगलादेशसँग खेल्दै

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ७ गते १३:०१
बंगलादेश प्रस्थान गर्ने क्रममा नेपाली टिम । फाइल तस्वीर

७ पुस, काठमाडौं । काभा यू–२३ पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले आज (बिहीबार) बंगलादेसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो ३:४५ मा सुरु हुनेछ ।

आजको खेल जितेर नेपाल प्रतियोगितामा सहज सुरुवात गर्ने योजनामा छ । तर आयोजक समेत रहेको बलियो बंगलादेशसँग जित निकाल्न नेपाललाई सहज हुने छैन ।

नेपाली टोलीले प्रतियोगिताका लागि मात्र एक महिना तयारी गरेको थियो । नेपाली टोलीका मुख्य प्रशिक्षक जगदीश भट्टराईले नेपाली टोलीले जितका लागि खेल्ने बताए ।

खेलाडीमा तयारी र अनुभवको कमि भए पनि टिमले आफूसँग भएको क्षमतालाई प्रयोग गरेर खेल्ने बताए ।

‘पहिलो पटक काभा यू–२३ पुरुष भलिबल टिम तयार पारेका हौं । खेलाडीमा अनुभवको कमि छ । हामीले तयारी पनि एक महिनाको गरेका छौ । आफुसँग भएको सबै अनुभव यहाँ लगाउने छौं,’ उनले भने ।

काभा यू–२३ पुरुष भलिबल च्याम्पियनसिपका लागि नेपाली टोली मंगलबार ढाका पुगेको थियो । च्याम्पियनसिप पुस ११ सम्म आयोजना हुनेछ ।

च्याम्पियनसिपमा नेपाल आयोजक बंगलादेशसँगै श्रीलंका र किर्गिस्तान गरी चार टोलीको सहभागी छन् ।

नेपालले दोस्रो खेलमा पुस ८ गते श्रीलंकासँग र लिग चरणको अन्तिम खेल पुस ९ गते किर्गिस्तानसँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?