+
+

माओवादी संसदीय दलको उपनेतामा वर्षमान र जनार्दनको दाबी

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ७ गते १४:४०

७ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रको संसदीय दलको उपनेतामा उपमहासचिव वर्षमान पुन र जनार्दन शर्माले दावी गरेका छन् ।

माओवादीको संसदीय दलको बैठक बिहीबार ४ बजे सिंहदरबारमा बस्दैछ । संसदीय दलको नेतामा भने कुनै नेताले दावी नगरेका कारण अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निर्विरोधजस्तै छन् ।

तर उपनेतामा भने पुन र शर्माले दावी गरेका उनीहरु निकट नेताहरु बताउँछन् । यद्यपि उनीहरुले आफूहरुको दावी संसदीय दलको बैठकमा राख्ने भन्दै सार्वजनिक रुपमा बोलेका छैनन् ।

दुबै नेताले पार्टीको महासचिवमा पनि दावी गरेका थिए । तर प्रचण्डले अन्त्मिमा देव गुरुङलाई महासचिव बनाए भने पुन र शर्मालाई उपमहासचिव बनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?