+
+

भारत लैजाँदै गरेको १२० कार्टुन सोफी मदिरा बरामद

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ११ गते ११:३६

११ पुस, वीरगञ्ज । सशस्त्र प्रहरीले रौतहटबाट भारत लैजाँदै गरेको १२० कार्टुन सोफी मदिरा बरामद गरेको छ ।

रौतहटको सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीको टोलीले आइतबार राति १ लाख २० हजार मूल्य बराबरको सोफी बरामद गरेको हो ।

सशस्त्र प्रहरीको चेकिङ टोलीलाई देख्ने वित्तिकै भारतीय नम्बर प्लेटको बोलेरो गाडी छोडेर मानिसहरु भागेपछि शंका लागेर चेकजाँच गर्दा सोफी बरामद भएको थियो ।

भारतको बिहार राज्यमा मदिरा उत्पादन, बिक्री र सेवन निषेध गरिएको छ । सीमावर्ती क्षेत्रमा खुलेका मदिरा पसलमा भारतीय नागरिक आएर मदिरा पिउने गरेका छन् भने अवैध रुपमा नेपालबाट भारत तर्फ मदिरा लैजाने पनि गरिन्छ ।

रौतहटको राजदेवी नगरपालिका-९ ब्रम्हपुरीस्थित बोर्डर आउटपोष्ट बेलविछवाका सशस्त्र प्रहरी निरीक्षक उमेश ढकाल नेतृत्वको टोलीले मदिरा बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ ।

चेकजाँचको क्रममा नेपालबाट भारततर्फ जाँदै गरेको बीआर २९ एस ९४०४ नम्बरको बोलेरो गाडीमा राखिएको ११८ कार्टुन सोफी मदिरा बरामद गरिएको सशस्त्र प्रहरी बल छिन्नमस्ता बाहिनीका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक गणेश ठाडामगरले जानकारी दिए ।

बोलेरोको मूल्य ५ लाख कायम गरी बरामद गरिएको ६ लाख २० हजार मूल्य बराबरको सामाग्री गौर भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?