+
+

पल शाह प्रकरण : नवलपुर फैसलाको सक्कल प्रमाण पेश गर्न तनहुँ अदालतको आदेश

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ११ गते १४:१७
फाइल तस्वीर

काठमाडौं । तनहुँ जिल्ला अदालतले बालयौन दुरुपयोगमा दोषी ठहर भएका अभिनेता पल शाह मुद्दाको फैसलाको सक्कल प्रमाण नवलपुर अदालतबाट झिकाउन आदेश दिएको छ ।

सोमबार तनहुँ अदालतमा भएको सुनुवाइमा अदालतले एकै प्रकृतिको मुद्दा भएकाले नवलपुरको फैसलाको सक्कल प्रमाण पेश गर्न आदेश दिएको शाहका कानुन व्यवसायी कमलामोहन वाग्लेले जानकारी दिए ।

नवलपुर अदालतले शाहलाई नाबालिगमाथि बलात्कारको मुद्दामा सफाइ दिए पनि बालयौन दुरुपयोगमा दोषी ठहर गर्दै साढे दुई वर्ष कैद, २५ हजार रुपैयाँ जरिवाना र १० लाख रुपैयाँ पीडितलाई क्षतिपूर्तिको फैसला सुनाएको थियो ।

तनहुँ जिल्ला अदालतमा सोही प्रकृतिको मुद्दाको फैसला हुन बाँकी छ । शाहले नवलपुरको फैसलाविरुद्ध उच्च अदालत पोखरामा पुनरावेदन समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?