+
+

आइफोनमा स्क्रिन रेकर्ड कसरी गर्ने ?

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ११ गते १८:५१

१२ पुस, काठमाडौं। आइफोनमा यस्तो कामलाग्ने फिचर हुन्छ जसबाट प्रयोगकर्ताले आइफोनको स्क्रिन रेकर्ड गर्न सक्दछन् ।

यो फिचरको सहयोगले मात्र स्क्रिनमा केही ट्याप गर्दा आइफोनमा मनपर्ने क्लिपहरु रेकर्ड गर्न, आफ्ना मित्र तथा परिवारजनसँग आइफोनबाट केही कुरा शेयर गर्नेलगायतका विभिन्न काम गर्न सकिन्छ । आइफोनमा स्क्रिन रेकर्ड गर्ने विधि यस्तो छ :

  •  Setting एप खोल्नुहोस्
  •  त्यसपछि Control Center मा जानुहोस् र Screen Recording अप्सनमा रहेको प्लस आइकनमा थिच्नुहोस् । (यदि तपाइँले यसलाई Included Controls मा थप्नुभएको छैन भने )
  • स्क्रिनको सबैभन्दा माथिल्लो भागबाट तलपट्टि Swipe गर्नुहोस् र स्क्रिन रेकर्डिङ आइकनमा ट्याप गर्नुहोस् ।
  •  त्यसपछि तीन सेकेण्डको काउन्ट डाउनपछि स्क्रिन रेकर्डिङ सुरु हुनेछ ।
  •  त्यसबेला रेकर्ड बटन रातो हुनेछ र स्क्रिनमा भएका हरेक गतिविधि रेकर्ड हुनेछन् ।
  • स्क्रिनको बायाँपट्टि माथिल्लो भागमा रातो चिन्हभित्र रेकर्डिङ समय देखिनेछ । त्यो रातो रङले रेकर्डिङ जारी रहेको देखाउनेछ ।
  • रेकर्डिङ बन्द गर्नका लागि त्यहीँ रातो रङको समय सूचकमा थिचेर त्यसपछि देखिने Stop मा ट्याप गर्नु पर्दछ । एजेन्सीको सहयोगमा

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?