+
+

उपप्रधानमन्त्री लामिछानेको अध्यक्षतामा पहिलो केन्द्रीय सुरक्षा समिति बैठक

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १२ गते १८:५९

१२ पुस, काठमाडौं । उपप्रधान एवं गृहमन्त्री बनेपछि रवि लामिछानेको अध्यक्षतामा केन्द्रिय सुरक्षा समितिको पहिलो बैठक बसेको छ ।

सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको बैठकमा नेपाली सेनाका एक जना रथीसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, गृह मन्त्रालयका शान्ति सुरक्षा महाशाखाका प्रमुख सह–सचिव फणिन्द्र पोखरेल लगायत सहभागी थिए । त्यसक्रममा उनीहरुले गृहमन्त्री लामिछानेलाई सुरक्षा व्रिफिङ गरेका थिए ।

‘पहिलो बैठक हो, खास एजेण्डा थिएन । सामान्य छलफल भए’, बैठकमा सहभागी एक अधिकारीले भने ।

स्रोतका अनुसार छलफलमा सहभागी सुरक्षा अधिकारीहरुले संगठनमा तल्ला तलका कर्मचारीले सिधै गृहमन्त्री वा अरुलाई भेट्ने प्रवृत्ति रहेको बताउँदै त्यसले संगठन कमजोर हुने भनाइ राखेका थिए । जवाफमा उनले सुरक्षा निकायलाई बलियो बनाउन कुनै कसर बाँकी नराख्ने बताएका थिए ।

बैठकले बाहिर उल्लेख गर्नुपर्ने किसिमको कुनै निर्णय नगरेको सह-सचिव पोखरेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?