 
																			१३ पुस, सुर्खेत । कर्णाली प्रदेश माओवादी संसदीय दलको नेतामा राजकुमार शर्मा सर्वसम्मत चयन भएका छन् ।
बुधबार बसेको संसदीय दलको बैठकले रुकुम पश्चिम (२) बाट निर्वाचित शर्मा दलको नेता चयन गरेको हो ।
सुर्खेतका विन्दमान विष्ट, कृष्ण बहादुर जीसी र कालिकोटका दुर्गबहादुर रावत पनि दलको नेतामा आकांक्षी थिए । चार आकांक्षीबीच मंगलबार भएको सहमतिको प्रयास असफल भएको थियो ।
तर बुधबार शर्माको नाममा सहमति जुटेको माओवादी प्रदेश अध्यक्ष बिमला केसीले जानकारी दिइन् ।
नवनिर्वाचन दल नेता शर्माले मुख्यमन्त्रीमा आफ्नो दलको दाबी रहने बताए । सांसद संख्या र जनमतको आधारमा आफूहरुकै सम्भावना रहेको भन्दै उनले भने, ‘सरकारको नेतृत्व हाम्रो हुनुपर्छ भनेर नेताहरुलाई भनेका छौं ।’
यद्यपि शक्ति बाँडफाँटबारे सत्ता साझेदार दलहरुबीच केन्द्रमा हुने सहमतिअनुसार अघि बढ्ने उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4