१४ पुस, काठमाडौं । स्वतन्त्र उम्मेदवारहरुले आगामी फागुनमा राष्ट्रिय सम्मेलन गर्ने भएका छन् ।
बिहीबार काठमाडौंमा भएको स्वतन्त्र उम्मेदवार तथा वैकल्पिक राजनीतिक फोरमको बैठकले फागुन ५, ६ र ७ गते राष्ट्रिय भेला गर्ने निर्णय गरेको हो ।
यो भेलाबाट सशक्त वैकल्पिक राजनीतिक शक्ति घोषणा गर्ने नेताहरुले बताएका छन् ।
यो सम्मेलन नेपालको राजनीतिक शुद्धीकरणका निम्ति नयाँ शक्ति निर्माण गर्ने सम्मेलन मूल आयोजक समितिका संयोजक नन्द कापडी बताउँछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4