+
+
Shares

‘स्वतन्त्र उम्मेदवारले रोजेकै चुनाव चिह्न पाउँछ भन्ने हुँदैन’

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ९ गते १६:११

९ माघ, काठमाडौं । प्रतिनिधिसभा सदस्यका प्रत्यक्ष तर्फका उम्मेदवारले चुनाव चिह्न पाउँदैछन् । तर, स्वतन्त्र उम्मेदवारले रोजेकै चुनाव चिह्न पाउने ज्ञारेण्टी नहुने निर्वाचन आयोगले जनाएको छ ।

शुक्रबार निर्वाचन आयोगमा आयोजित पत्रकार सम्मेलनमा यो प्रश्न उठेको थियो । जवाफमा आयोगका सहसचिव एवं प्रवक्ता नारायण प्रसाद भट्टराईले स्वतन्त्र उम्मेदवारले रोजेकै चुनाव चिह्न पाउने ज्ञारेण्टी नहुने बताएका हुन् ।

उनका अनुसार आयोगसँग निर्वाचनमा भाग लिने दलहरूका लागि स्वतन्त्र उम्मेदवारका लागि उपलब्ध गराउन सकिने निर्वाचनको चिन्हको सूची छ । त्यसमध्येबाट उम्मेदवारहरूलाई रोज्न सकिने अवसर उपलब्ध गराइनेछ । उपलब्ध सूचीमध्ये रोज्न पाउनेछन् ।

आयोगले कुनै–कुनै चिन्ह प्रयोग गर्न नमिल्ने भनेर त्यस्तो सूचीको रुपमा सूचीबद्ध गरेको छ । निर्वाचन आयोगले प्रयोग गर्न मिल्ने भनेर उपलब्ध गराएको चिह्नमा रोज्न सकिनेछ ।

२१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ ३ हजार ३८७ जनाको उम्मेदवारी परेको छ । यसमध्ये एक तिहाइ स्वतन्त्र उम्मेदवार रहेका छन् भने बाँकी दलीय उम्मेदवार छन् ।

निर्वाचन आयोगका अनुसार स्वतन्त्र उम्मेदवारी दिनेको संख्या १ हजार १८८ रहेको छ । यो कूल उम्मेदवारको ३४.०६९ प्रतिशत हो । बाँकी २ हजार २९९ जना दलगत उम्मेदवार छन् ।

उम्मेदवारको यही ६ माघमा भएको हो । आज चुनाव चिह्न वितरणको कार्यतालिका छ । दलीय उम्मेदवारको भने दलकै चुनाव चिह्न हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?