News Summary
Generated by OK AI. Editorially reviewed.- निर्वाचन आयोगले सामाजिक सञ्जालमा पोष्ट भएका ९८ वटा कन्टेन हटाउन सम्बन्धित कम्पनीलाई पत्राचार गरेको छ।
- निर्वाचन आयोगका सहसचिव नारायणप्रसाद भट्टराईले मिस इन्रफरमेसन र डिस इन्फरमेसन भएकाले कारबाहीका लागि पत्रमचार गरिएको बताए।
- निर्वाचन आयोगले फ्याक्ट चेकका लागि एउटा निजी कम्पनीसँग साझेदारी गरी आचारसंहिता कार्यान्वयनका लागि कार्यदल बनाएर काम गरिरहेको छ।
९ माघ, काठमाडौं । निर्वाचन आयोगले सामाजिक सञ्जालमा पोष्ट भएका विभिन्न ९८ वटा सामग्री हटाउन सम्बन्धित कम्पनीलाई पत्राचार गरेको छ ।
निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार मिस इन्रफरमेसन र डिस इन्फरमेसन भएकाले ति कन्टेन हटाउनका लागि पत्रमचार गरिएको हो ।
‘९८ वटा कन्टेट कारबाहीका लागि लेखेर पठाएका छौं । तत निकायबाट हामी यो गर्छौं भन्ने प्रतिवद्धता प्राप्त भएको छ’ शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले भने ।
तर, के कस्ता कन्टेट हटाउन भनिएको हो उनले खुलाएनन् ।
तथापि, पाठकलाई गलत सूचना नपुगोस् भनेर आयोग गलत सूचना रोक्न सक्रिय रहेको उनले बताए । फ्याक्ट चेकका लागि एउटा निजी कम्पनीसँग समेत साझेदारी गरिएको उनले जानकारी दिए ।
निर्वाचन आयोगमा आचारसंहिता कार्यान्वयनका लागि कार्यदल नै बनाएर काम गरिरहेको छ । सामाजिक सञ्जालको प्रयोगको विषय समेत आचारसंहिताभित्र पर्दछ । आचारसंहिता उल्लघंन हुने गरी सामाजिक सञ्जालको प्रयोग गर्न नहुने लगायतका विषय रहेका छन् ।
प्रतिक्रिया 4